८ मंसिर २०८३, मंगलबार

एमालेलाई पेलेर अगाडि बढ्यो संसद, नारावाजीका बीच महाभियोगको सूचना सदनमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ वैशाख । निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोगको प्रस्तावका विषयमा संसदलाई जानकारी गराएकी छिन् ।

संसदको शुक्रबार बसेको बैठकमा प्रमुख विपक्षी दल एमालेका सांसदहरूको नारावाजी र रोष्टम घेराउका वावजुद सभामुख घर्तीले महाअभियोगको प्रस्ताव सदनलाई जानकारी गराएकी हुन् । करिव पाँच मिनट मात्रै बसेको बैठकमा एमालेसहित अन्य केही साना दलहरूले पनि नारावाजी गरेका थिए ।

सभामुख घर्तीले नेपालको संविधानको धारा १०१ को उपधारा (१) एवम् संसद नियमावलीको नियम १६८ को उपनियम (१) बमोजिम कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मासहित २ सय ४९ जना सदस्यहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोग प्रस्तावमाथि सोही नियमावलीको नियम १६८ को उपनियम (२) बमोजिम छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूची रहेको थियो ।

महाअभियोगको प्रस्ताव जानकारी गराउनेवित्तिकै सभामुख घर्तीले संसदको बैठक आजै १ बजे पुनः बस्ने गरी स्थगित गरेकी छन् ।
शीर्ष नेताहरूको बैठकमा कुरा नमिलेपछि सत्तारुढ दलहरूको आग्रहमा सभामुख घर्तीले संसदको बैठक चलाएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र सभामुख घर्तीबीच वार्ता भए पनि कुरा मिलेको थिएन ।

एमालेले महाअभियोगको प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।