८ मंसिर २०८३, मंगलबार

दाहाल, देउवा, ओली र घर्तीबीच वार्ता, कुरा मिलाउने प्रयास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री पुष्कपमल दाहालसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

सभामुख ओनसरी घर्तीको पहलमा नयाँबानेश्वरमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको बैठक बसेको हो । जारी बैठकमा संसदको बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन दवाव दिँदै आएको छ । सोही प्रस्तावका कराण एमालेले सदन चल्न नदिने भनेपछि बिहीबारको बैठक सूचना टाँसेर आजका लागि सारिएको थियो ।

स्रोतका अनुसार सभामुखले आज दुई वटा बैठक बोलाएर महाअभियोगका विषयमा जानकारी दिने र छलफलको समय तोक्ने तयारी गरेकी छन् ।