१ कार्तिक २०८३, आइतबार

रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २२ वैशाख । रुकुम जिल्लामा बिहीबार दिउँसो नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।

नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न खोजेपछि झडप भएको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिनुभयो ।

तर माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ ।

झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ ।

घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ । रासस