समाज परापुर्वकाल देखि नै यथास्थितीवादबाट गुज्रिएको पाईन्छ । विगतको क्रियाकलापको निरन्तरता र त्यसको प्रभावमा नै समाज अगाढी वढिरहेको पाईन्छ । परिवर्तन त स्वतः निरन्तर गतिमा नै हुने गर्दछ । तथापी समाज परिवर्तन हुने समय भने त्यस समाजमा रहने व्यक्तिको योग्यता, क्षमता र कार्यकुशलताले समाज परिवर्तनको गति परिवर्तन भने हुने गर्दछ । त्यो निश्चित समयमा निश्चित समयका लागि आउने गर्दछ । त्यो समयमा समाजमा रहने व्यक्तिहरुले उचित निर्णय गर्न सकेन र जडसुत्रवाद नै कायम रहिरहने हो भने त्यसले लामो समय सम्म परिवर्तनलाई वन्धक राख्ने कुरामा कुनै दुई मत रहन सक्दैन । समयको त्यो वहाव, पल र समयको उचित संयोजन र निर्णय हुन नसक्दा नेपालको परिवेश मात्र होईन विश्व ईतिहासलको विकसित रुप र परिवर्तनको स्वरुपहरुलाई अध्ययन गर्न सकिन्छ । हुन त विश्व को जुनसुकै देश पनि यथास्थितीवाद र जडसुत्रवादमा गुज्रिएर आएको पाईन्छ । समयको गतिसँगै हुदै आएको परिवर्तन त्यस देशमा रहने व्यक्तिको कुशलता, योग्यता, क्षमता र आत्मविश्वासको कारणले गर्दा नै भएको हो । जसले यो कुरालाई अन्तरआत्मा देखि नै आत्मासात गरेर अगाडी वढेको छ । त्यो अगाडी वढेको छ, जुन देशको नागरिक त्यसलाई आत्मासात गर्न सकेन, त्यहि गरिवी, अविकसित को चरमतामा अल्झिरहेको छ । विश्वको धेरै देश मध्ये नेपाल पनि त्यो अवस्थावाट गुज्रिरहेको छ ।
त्यहि यथास्थितीवादलाई नै आत्मासात गर्ने अनि भोलिदेखि देश र समाज नेताहरुले विगारे भन्नुको कुनै तुक छैन । यो समाज विगार्ने र वनाउन हामी कति दोषी, मनन गर्ने समय आएको छ । यस्ता निर्वाचन जस्ता विशेष महत्व राख्ने विषयमा अयोग्य र नेतृत्व गर्न नसक्ने व्यक्तिको चयन गर्ने, अनि देश र समाज परिवर्तन भएन भनेर घोक्रो फुलाउने गल्ति अव गर्नु हुदैन, जुन अत्यन्त हानिकारक हुन्छ । त्यसले लामो समयसम्म समाज परिवर्तन हुनका लागि वाधक वनिदिन्छ ।
देश विकास भएन, नेताहरुले केहि गरेन । विश्वका सुचिमा सवैभन्दा सम्पन्न राष्ट्रको रुपमा नेपाल पहिलो नम्वरमा दर्ज भएको छ । पर्यटकिय, सुन्दरता, वातावरण, जैविकता, विविधता लगायत सम्पुर्ण पक्षमा अग्रणी भएको हाम्रो देश नेपाल भएर पनि विकास र परिवर्तनको मियोमा किन पछाडी परिरहेको छ ? किन हामी हरेक कुरामा सम्पन्नता भएर पनि गरिवी र अविकसित राष्ट्रमा दर्ज भएका छौ ? हामी हरेक कुरामा सम्पन्न हुनका लागि के गर्नुपर्दछ ? यो कुरामा अव हामी गम्भिर वन्नु पर्ने वेला आएको छ । सधै नेतालाई गाली गर्ने तर उचित समयमा उचित निर्णय गर्न नसक्ने अवस्थाले नै हामी पछाडी परेका छौ । जडसुत्रवाद र यथास्थितीमा रुमल्लिने अनि विकास भएन र देश नेताले विगारे भनेर भन्ने हैसियत अव हामीमा रहेन । करिव २० वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचल सँग यो विषयले अत्याधिक प्रशय पाउनु पर्द छ । सम्पुर्ण नितिको पनि निति राजनितीको यो जगमा नै संसार चलेको छ । यहि वेलामा नै हामीले उचित नेता को चयन गर्नु र त्यसका सरोकार राख्नु नै नेपाल परिवर्तन गर्ने भरपर्दो माध्याम हो । समाज र देश परिवर्तन गर्नका लागि उचित दृष्टिकोण र आत्माविश्वास चाहिन्छ । त्यसको कमि भएको व्यक्ति नेतृत्वमा पुगेपछि त्यसले समग्र जनताले चाहेको परिवर्तनको आभास दिन सक्दैन । सधै हाम्रो मात्र राम्रो भन्ने मानसिकतामा जकडिएको हामी पुन त्यसैको पुनरावृत्ति गर्ने हो भने फेरि नेतालाई दोष दिने आफनो लाचारी प्रकट गरिरहेका छौ । मेरो त जिजुवाजे देखि नै काग्रेस अथवा कम्युनिष्ट, त्यसैले म पनि काग्रेस अथवा कम्युनिष्ट भन्ने प्रवृत्तिले गर्दा नै समाज र देश पछाडी परिरहेको छ भन्ने कुरालाई अव वुझन हामीले ढिला गर्नु हुदैन । यस्ता निर्वाचन जस्ता विशेष महत्व राख्ने विषयमा अयोग्य र नेतृत्व गर्न नसक्ने व्यक्तिको चयन गर्ने, अनि देश र समाज परिवर्तन भएन भनेर घोक्रो फुलाउने गल्ति अव गर्नु हुदैन, जुन अत्यन्त हानिकारक हुन्छ,त्यसले लामो समयसम्म समाज परिवर्तन हुनका लागि वाधक वनिदिन्छ । जसरी पनि हाम्रो भन्ने मानसिकताले अयोग्य र नेतृत् वगर्ने क्षमता भएको व्यक्ति चयन हुदाँ त्यहाँ विकास निर्माण लगायतका गतिविधि राकिन्छ, अराजकता मौलिन्छ । परिवर्तन शुन्य हुन जान्छ । अतः यो स्थानिय तहको निर्वाचनमा सभ्य, क्षमतावान, राम्रो, योग्यता, क्षमता, कुशलता व्यक्तिलाई चयन गर्नु नै अहिलेको आवश्यकता हो । जहाँसम्म परिवर्तन को आशा गरिन्छ, त्यहाँ व्यक्ति स्वंय परिवर्तन हुन आवश्यक हुन्छ । आचरण र व्यवहारमा परिवर्तन नगर्ने अनि समाज परिवर्तनको आशा राख्नु भनेको फगत मिथ्या मात्र हुनेछ ।
स्थानिय तहको चुनाव आफैमा पनि स्थानिय स्तरको हो । त्यहाँका व्यक्तिहरु नै त्यहाँको नेतृत्वकर्ता हुने हुदाँ अहिलेको निर्वाचनमा अति नै सोच विचार गरेर नेतृत्व चयन गर्नु नै अहिलेको आवश्यकता हो । पार्टी को नाम भजाउने भन्दा पनि योग्यता, क्षमता र दक्षतामा कुशल व्यक्ति चयनले नै समाज र देश परिवर्तन गर्न सक्दछ भन्ने कुरामा अव सचेत हुनै पर्दछ । योग्यता, क्षमता र दक्षतालाई नजरअन्दाज गरेर अगाठडी व्यक्ति पार्टी र व्यक्ति हावी त हुने नै छ । तर प्रवृत्ति र अराजकता मौलाउने कुरामा कुनै शंका छैन ।
गतिशिलताको यो अनुपमता भित्र रहेको सम्पुर्णता ले परिवर्तनलाई ह्दयंगम गर्नु नै अहिलेको आवश्यकता हो । जव जव समयको यो महानता आउदछ । तव हामी प्रत्येक पलहरु गलत तर्फ उन्मुख भएको पाईन् छ । स्थानिय तहको निर्वाचन पनि महान समय हो । जुन समयमा हामीहरुले अति नै सोच विचार गरेर अगाडी वढ्नु पर्दछ । फेरि पुन त्यहि पुरातनवादी सोच शैलीलाई अवलम्वन गरिरहने हो भने परिवर्तन सम्भव छैन । स्थानिय तहको चुनाव आफैमा पनि स्थानिय स्तरको हो । त्यहाँका व्यक्तिहरु नै त्यहाँको नेतृत्वकर्ता हुने हुदाँ अहिलेको निर्वाचनमा अति नै सोच विचार गरेर नेतृत्व चयन गर्नु नै अहिलेको आवश्यकता हो । पार्टी को नाम भजाउने भन्दा पनि योग्यता, क्षमता र दक्षतामा कुशल व्यक्ति चयनले नै समाज र देश परिवर्तन गर्न सक्दछ भन्ने कुरामा अव सचेत हुनै पर्दछ । योग्यता, क्षमता र दक्षतालाई नजरअन्दाज गरेर अगाठडी व्यक्ति पार्टी र व्यक्ति हावी त हुने नै छ । तर प्रवृत्ति र अराजकता मौलाउने कुरामा कुनै शंका छैन । देश र समाज परिवर्तन गर्ने यो सुनौलो अवसरमा सजगताको साथ हामी अगाडी वढ्नपर्ने समय आएको छ । पार्टी र पुरातनवादी, यथास्थितीवादी सोच राखेर अगाडी वढिरहदाँ देश फेरि अनिर्णयको वन्दी वन्ने, र समाज नै विकासविहिन हुने हुदाँ यसमा सवंै सचेत र स्वय भएर अगाडी वढ्नुपर्दछ । त्यहि यथास्तिथीवाद लाई नै आत्मासात गर्ने अनि भोलिदेखि देश र समाज नेताहरुले विगारे भन्नुको कुनै तुक छैन । यो समाज विगार्ने र वनाउन हामी कति दोषी, मनन गर्ने समय आएको छ ।















प्रतिक्रिया