८ मंसिर २०८३, मंगलबार

प्रचण्डले छोरीलाई मेयर बनाउन खोज्दा माओवादीले चुकायो ठूलो मुल्य !

71.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी रेणु दाहाललाई जसरी पनि मेयर बनाउन खोज्दा नेकपा माओवादी केन्द्रले ठूलो मुल्य चुकाउनुपरेको छ ।

रेणुले प्रधानमन्त्रीको गृहजिल्ला चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गरिसकेकी छन् । छोरीलाई भरतपुरको मेयर जसरी पनि जिताउन माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले काठमाडौं र पोखराजस्ता ठूला महानगर कांग्रेसलाई सुम्पेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । यो कदम व्यक्तिगत रुपमा छोरी मेयर बन्दा प्रचण्डलाई फाइदा भएपनि माओवादीका लागि ठूलो घाटा हो ।

सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने छ भने चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने छ ।

कांग्रेस कार्यकर्ता आक्रोशित, देउवाविरुद्ध प्रदर्शन

भरतपुरको मेयर माओवादी केन्द्रबाट प्रचण्डपुत्रीलाई दिने कांग्रेसर माओवादी केन्द्रबीचको  चुनावी तालमेलपछि चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् ।

सहमतिअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई मेयर छाड्ने सहमति कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाट गरिएसँगै कार्यकर्ता नाराबाजी गर्दै जिल्ला पार्टी कार्यालयमा जम्मा भएका छन् । उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरिरहेका छन् । चुनावी प्रचार प्रसारमा हिँडेका कार्यकर्ता समेत केन्द्रीय पार्टी कार्यालयले गलत निर्णय गरेको भन्दै सभापति देउवाविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।