काठमाडौं, २१ वैशाख । व्यवस्थापिका संसदको आजको बैठक स्थगित भएको छ ।
प्रधानन्यायाधीशमाथिको महाअभियोगमा असन्तुष्टि जनाउँदै फिर्ता नलिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी नेकपा एमालेको अडानपछि दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
संसद सचिवालयले अर्काे बैठक भोलि विहान १० बजेपछि बस्ने जनाएको छ ।
संविधान संशोधन विधेयक प्रभावित
एमालेका कारण ससद स्थगित भएपछि आजको बैठकमा अगाडि बढाउने भनिएको संविधान संशोधन विधेयक अलपत्र परेको छ ।
यसअघि कार्यसूचीमा मधेसवादी दलका माग पुरा गर्न संसदमा प्रस्तुत विधेयकलाई आजको बैठकबाट छलफलमा लैजाने तयारी थियो ।











प्रतिक्रिया