८ मंसिर २०८३, मंगलबार

देउवा र प्रचण्डलाई सार्वजनिक बहिष्कार गर्न एमाले नेता बस्नेतको आह्वान (भिडियोसहित)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । प्रधानन्यायधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावलाई लिएर युवा संघ नेपाल बिरोधमा उत्रिएको छ ।

नयाँ बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा संघ नेपालका पूर्व अध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको न्यायालय माथिको हमलाका कारण राजनीतिक औचित्य सकिएको तर्क गरे ।

जनताका अगाडि राजनीति गर्न लायक नभएकाले देउवा र प्रचण्डले राजनीतिक जीवनबाट सन्यास लिनुपर्ने भन्दै उनले देउवा र प्रचण्डलाई सार्वजनिक रुपमै बहिष्कार गर्न समेत आह्वान गरे ।

बालकृष्ण ढुङेल, सुडान घोटलाका मतियारका बिषयमा न्यायिक इजलास गर्दा एक निडर र निष्ठावान प्रधानन्यायधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग तुरुन्त फिर्ता लिन उनले माग समेत गरे ।

कार्यक्रममा युवासंघका पुर्व अध्यक्ष तथा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य निरुदेवी पाल, महासचिव किरण पौडेल लागायतको उपस्थिती थियो ।

भिडियोः

https://www.youtube.com/watch?v=kK1Y0iYE6oc