८ मंसिर २०८३, मंगलबार

निर्वाचनबारे चीनलाई ओलीको सटिक जवाफ ! चिनियाँ राजदूतले के भनिन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।

एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा विहिबार भएको भेटमा राजदूत होङले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे चीनका तर्फबाट जिज्ञासा राखेकी छन् । जसको ओलीले सटिक जवाफ दिएका छन् ।

भेट स्थानीय निर्वाचन, संविधान संशोधनलगायत समसामयिक विषयमा केन्द्रीत रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार चिनियाँ राजदूतको जिज्ञासा मेटाउँदै अध्यक्ष ओलीले पहिलो चरणको स्थानीय निर्वाचन प्रक्रियामा अघि बढेको तर पहिलो र दोस्रो चरणबीचमा ग्याप धेरै समय नराख्न पार्टीले प्रस्ताव गरेको अवगत गराएका थिए ।

त्यस्तै अध्यक्ष ओलीले संविधान संशोधन के का लागि भन्ने एमालेले बुझ्न नसकेको जनाउँदै नेपालको विकास र संविधान कार्यान्वनमा चीनको सद्भावका लागि धन्यवाद दिएका थिए ।

भेटमा दुई देश र दुई पार्टीबीचका आपसी सम्बन्धका विषयमा पनि छलफल भएको एमालेले जनाएको छ ।