
लमजुङ, २१ बैशाख । स्थानीय तह चुनावमा लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरका लागि पार्टीले टिकट नदिएको भन्दै नेपाली कांग्रेसका नगरसभापतिनै स्वतन्त्र उम्मेदवार बनेका छन् ।
नगर कार्यसमितिका सभापति द्वारिका मिश्रले मेयर पदका लागि आफ्नो प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
नेपाली काँग्रेसले आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि मिश्रले आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
११ वडा रहेको सुन्दरबजार नगरपालिकामा मिश्र पक्षबाट उपमेयरमा रामचन्द्र अधिकारी र १० वटै वडामा सबै पदाधिकारीसहितको स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
सुन्दरबजार नगरपालिकामा पार्टीबाट आधिकारिक रुपमा बद्रीमान श्रेष्ठलाई टिकट दिएको छ । त्यस्तै, उपमेयरमा ज्ञानु शाहले उम्मेदवारी दिएकी छन् ।











प्रतिक्रिया