८ मंसिर २०८३, मंगलबार

ओलीलाई भेटेर केशव स्थापितले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , २० बैशाख । काठमाडौंका मेयरका रुपमा चर्चामा रहेर नपाए पनि टिकट नपाएका काठमाडौंका पूर्वमेयर केशव स्थापितले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफूलाई लागेको आरोपको खण्डन गरेका छन ।

स्थापितले एमाले उम्मेदवार विद्यासुन्दर शाक्यलाई सहयोग गर्ने भन्ने हल्ला फैलिरहेका बेला उनले अध्यक्ष ओलीलाई भेटेर आफूले शाक्यलाई सहयोग गर्ने बचनबद्धता जनाएका हुन । आफूले भन्दै नभनेको कुरा गरेर काँग्रेसको उम्मेदवारले चरित्र हत्या गर्न खोजेको उनको गुनासो थियो ।

काठमाडौंका मेयरका उम्मेदवार बनेका शाक्य र उनको टिमलाई जिताउन आफू मैदानमा होमिने बताउँदै उनले काठमाडौंलाई नमुना शहर बनाउने अभियानमा शाक्यको सारथी बन्ने बताए ।

यसैगरी, एमालेबाट मेयरका सशक्त उम्मेदवार रहेका जीवनराम श्रेष्ठ र बसन्त मानन्धर पनि पार्टीको उम्मेदवारहरुलाई सहयोग गर्न चुनावी मैदानमा खटिएका छन ।