३ कार्तिक २०८३, मंगलबार

यती एयरलाइन्सद्धारा सामाजिक संस्थालाई १६ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । यती एयरलाइन्सले ४ वटा सामाजिक संस्थालाई चार–चार लाखको दरले सहयोग गरेको छ ।

सामाजिक जिम्मेवारी बहनअन्तर्गत प्रधान कार्यालय भवन तिलगङ्गामा आयोजित समारोहकाबीच यती एयरलाइन्सले ह्याबिट्याट फर ह्युमानिटी, मार्फा फाउण्डेशन, ब्लिंकनाउ फाउन्डेशन र वर्ल्डभिजन इन्टरनेशनलाई चार लाख ७ हजार १६ रुपैंयाका दरले चेक हस्तान्तरण गरेको हो ।

४ वटै संस्थाहरुलाई सहयोगबापत् कुल १६ लाख २८ हजार ६४ रुपैयाँ रकम प्रदान गरिएको छ । ‘यो सहायता रकम उपलब्ध गराउने कार्य हाम्रै हवाई यात्रुहरु, जसले यती एयरलाइन्समा यात्रा गर्दा प्रत्येक पटक ४ योगदान गर्ने गर्नु भएको छ, त्यसैकारण सम्भव भएको हो,’ यति एयरलाइन्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यती एयरलाइन्सले हालसम्म सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको सहयोग बापत् एक करोड ७९ लाख ३७ हजार ९८४ रुपैंंया विभिन्न सामाजिक संस्थाहरुलाई वितरण गरिसकेको छ ।

यसैगरी यती एयरलाइन्ससँग उडान गर्ने यात्रुहरु मध्ये अपाङ्गता भएकाहरुलाई (५०%), ज्येष्ठ नागरिकलाई (२५%), बालबालिकालाई (३३.३३%)र शिशुलाई (९०%) छुट प्रदान गर्दै आएको छ । यो सामाजिक छुट जेटस्ट्रिम–४१ ले उडान भर्ने क्षेत्रहरु जस्तैः भद्रपुर, तुम्लिङटार, विराटनगर,जनकपुर, भरतपुर, पोखरा, भैरहवा र नेपालगन्जकालागि काठमाडौंदेखि र काठमाडौंसम्ममा प्रदान गरिंदै आएको छ ।