८ मंसिर २०८३, मंगलबार

एमालेले ६० प्रतिशत बढी स्थानमा जित्ने भनेपछि माओवादी केन्द्रको कडा चुनौति

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले चुनावमा बहुमत ल्याउने सपना नदेख्न एमालेलाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लबद्धारा आायोजित साक्षात्कारमा बोल्दै खनालले स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्र्रतिशतभन्दा बढि स्थानमा चुनाव जित्ने दाबी गरेकोप्रति टिप्पणी गर्दै भने, ‘हामी पनि कम्बल ओढेर बसेका छैनौं र बस्दैनौं ।’

खनालले नेपालको ईतिहाँसमै पहिलोपटक जनताको अधिकार घरदैलोमा जाने भएकोले स्थानीय तहको निर्वाचनमा जनताको उल्लेखनीय सहभागिता हुने विश्वास व्यक्त गरे ।