३० आश्विन २०८३, शुक्रबार

केशव स्थापित किन विस्थापित ?

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यो संसारमा केशब स्थापितलाई विस्तापित गरेर त्यो भन्दा पनि राम्रो काम गर्ने अर्को व्यक्ति हुनै सदैन र ? कुरा सहि हो, केशब स्थापितका पालामा काठमाडौंमा दुई चारवटा राम्रा काम पक्कै भएका हुन् । तर त्यति काम गरेर मात्र काठमाडौं महानगर व्यवस्थित र समस्या रहित बन्न सक्दैन । उनको पालामा पनि काठमाडौं महानगर समस्या रहित र व्यवस्थित थिएन ।

काठमाडौं महानगरभित्र हजारौ समस्याहरु छन् । फोहर व्यवस्थापन, खानेपानी, ढल, धुलाम्मे बाटो, यातायात, सरकारी अस्पताल वा स्वास्थ्य सेवा आदि सबै अस्तव्यस्थ छन् । शान्ति सुरक्षा र रोजगारी पनि छैन । त्यसैले स्थापितलाई विस्तापित गरेर काठमाडौंलाई अन्तर्राष्ट्रिय स्तरको सहर बनाउन सक्ने खालको भिजन र मिसन भएको, भिन्न दृष्टिकोण राख्न सक्ने इमान्दार र स्वच्छ छवि भएको मेयर काठमाडौं महानगरबासीलाई चाहिएको छ ।

लेखक: मीनबहादुर पण्डित

त्यस्तो व्यक्ति यो चुनावमा छन् कि छैनन् । त्यो बहसको बिषय हुन् सक्छ र त्यस्ता व्यक्तिले चुनाब जित्छन कि जित्दैनन त्यो भने चुनाबपछि मात्र थाहा हुनेछ ।

केशव स्थापित जब राम्रो काम गर्दै थिए, जनयुद्धको धम्कीले गर्दा बाध्य भएर राजीनामा दिएका थिए । संसार छोड्ने कि मेयरको पद छोड्ने भनेर माओबादीले धम्की दिएपछि कसैलाई पनि ज्यान भन्दा प्यारो पद हुँदैन । उनी एमाले छोडेर आफ्नै पार्टी खोलेर अध्यक्ष बनेर बसेका थिए । उनी धेरै महत्वकांक्षी व्यक्ति हुन् । एमालेबाट मेयरको टिकट पाउनलाई पक्कै पनि पार्टीप्रति जिम्मेबार भएर पार्टीलाई योगदान दिनुपर्ने हुन्छ । आत्मालोचना गरेर पार्टीमा फर्किनपर्ने हुन्छ । त्यो पनि पार्टीमा उनी भन्दा सक्षम व्यक्ति अर्को निस्कियो भने टिकट उसैलाई दिनुपर्ने हुन्छ । कहिले उता कहिले यता गर्ने व्यक्तिलाई कुन पार्टीले विश्वास गर्छ र ?

अर्को कुरा यो चुनावमा पनि के डर छ भने दुईवटा योग्य र सक्षम उमेदवारलाई मानौं पचास÷पचास हजार भोट बाडियो, तर त्यसको फाइदा उठाउँदै अयोग्य व्यक्तिले पाएको ५१ हजार भोटले चुनाब जित्ने अवस्था रहन्छ । राम्रो काम गर्न नसक्ने तर ५१ हजार भोट पाएको भिन्न पार्टी र भिन्न कार्यशैली भएको मान्छेले चुनाव जित्ने डर प्रजातन्त्रमा रहन्छ । त्यसकारण प्रजातन्त्रमा सधै बहुमतको जित हुँदैन । प्रजात्रन्त्रमा अल्पमतले बहुमतमाथि शासन गर्ने अवस्था पनि आउने गर्छ । त्यसैले सक्षम र इमान्दार व्यक्तिलेनै चुनाव जित्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

राम्रो काम गर्न मेयर मात्र सक्षम र इमान्दार भएर पुग्दैन । राम्रो काम गर्न राजनीतिक हस्तक्षेप हुनुभएन । सरकारले प्रशस्त बजेट र कार्य योजना दिन सक्नुपर्यो । बन्द हड्ताल हुनुभएन । मेयरलाई निर्णय गर्ने अधिकार र अख्तियार हुनुपर्यो अनि मात्रै मेयरले सोचे जसरी काम गर्न सक्ने छन् ।

राम्रो मेयर बन्न अरुको पनि कुरा सुन्ने र अरुको पनि आइडिया लिने खालको व्यक्ति हुनुपर्छ । किनकि सबै कुराको जानकारी र आइडिया भएको व्यक्ति संसारमा कोहिपनि हुँदैन । अर्को भाषामा विज्ञको सल्लाह र सुझाव लिने खालको व्यक्ति हुनुपर्छ भनेर भन्न सकिन्छ ।

योग्य र इमान्दार व्यक्तिका लागि देशमा मेयर मात्र होइन अरु पनि धेरै पद र अवसरहरु छन् । त्यसैले मेयर पदका लागि मरिहत्य गर्नुपर्ने केही कारण छैन । जे होस् नयाँ बन्ने मेयरले केशब स्थापितले भन्दा राम्रो काम गर्न सकुन् । स्थापितले स्थापित गर्न खोजेका मान्यता र विकास निर्माणका कामहरु अगाडि बढुन । यहि आशा गर्न सकिन्छ ।