८ मंसिर २०८३, मंगलबार

उपेन्द्र यादवको पार्टीले चुनावमा भाग लिने, सरकारलाई समर्थन गर्ने संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले तराई मधेसका मुद्दा नछाडेको स्पष्ट पारेका छन् ।

६ मधेसी दल मिलेर बनेको राजपा नेपालका नेताहरुले चुनावमा भाग लिएर संघीय समाजवादी फोरमले मधेसी मोर्चाको नीति तोडेको आरोप लगाइरहेका बेला त्यसको खण्डन गर्दै अध्यक्ष यादवले आफूहरुले कुनै पनि मुद्दा नछाडेको र संविधान संशोधनको एजेण्डा यथावत रहेको बताए ।

बुधबार पत्रकार सम्मेलन गर्दै यादवले भने– ‘संविधान कार्यान्वयन र प्राप्त उपलब्धि संस्थागत गर्न हामीले निर्वाचनमा भाग लिएका हौं । दोस्रो चरणको चुनाव अगाडि संविधान संशोधन हुन्छ । यसो नभए पहिलो चरणको निर्वाचनको मतगणना हुँदैन् ।’

पत्रकार सम्मेलबाट अध्यक्ष यादवले सरकारलाई समर्थन गर्ने संकेत पनि गरे । राजपाका नेताहरुले समर्थन गर्ने निर्णय गरिसकेका बेला यादवले भने– ‘सरकारले त्यतिखेर सहमति कार्यान्वयन नगरेका हुनाले समर्थन फिर्ता लिएका थियौं । अहिले गर्ने कि नगर्ने भन्ने निर्णय भएको छैन् ।’

उनले सरकारलाई समर्थन गर्ने राजपाको निर्णय पार्टीगत निर्णय भएकाले त्यसमा आफ्नो केही भन्नु नरहेको बताए ।

महाअभियोग फिर्ता लिन माग

यस्तै फोरम अध्यक्ष यादवले प्रधानन्यायाधीशमागि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । ‘न्यायालयभित्र केही कमजोरीहरु छ । तर, प्रहरीको एउटा अधिकृतलाई लिएर न्यायाधीशमाथि महाअभियोग लगाउनु उचित होइन्,’ यादवले भने– ‘फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरिसकेका छौं । फिर्ता गर्नुपर्छ । न्यायापालिकालाई कार्यपालिकाले नियन्त्रणमा राख्नुहुँदैन् ।’

दोस्रो चरणको चुनाव अगावै संशोधन हुने विश्वास

समाजवादी फोरमले दोस्रो चरणको चुनाव अगावै संविधान संशोधन हुने विश्वास समेत व्यक्त गरेको छ । ‘वैशाख १७ गते संविधान संशोधन हुँदै थियो । राप्रपाका १० जना सांसदलाई गायव गरियो,’ उनले भने– ‘प्रतिगामी शक्तिहरुले त्यस्तो गरेका हुन् । संशोधन हुँदै थियो तर हुन दिएन् । दोस्रो चुनाव अगाडि संशोधन हुनेमा हामी विश्वस्त छौं ।’

आक्षेप नलगाउन चेतावनी

अध्यक्ष यादवले आफ्नो पार्टीमाथि आक्षेप नलगाउन चेतावनी समेत दिए । मधेसी मोर्चाका केही नेताप्रति लक्षित गर्दै उनले भने– ‘पूर्वराजा ज्ञानेन्द्रको नातिको व्रतबन्धमा गएकाहरुले आक्षेप लगाउने कुनै अधिकार छैन् ।’

मधेसी मोर्चामा कुनै विभाजन नआएको दाबी गर्दै अझै एकढिक्कला भएर अगाडि बढ्ने यादवको दाबी छ ।