१ कार्तिक २०८३, आइतबार

मनोनयन दर्ता गरेको भोलिपल्टै एमालेकी महिला उम्मेदवार मृत भेटिइन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २० वैशाख । स्थानीय तहको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गरेकी नेकपा एमाले धादिङकी एक महिला उम्मेदवार मृत फेला परेकी छन् ।

धार्केका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

३५ वर्षीया मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । मिजारले आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।