१ कार्तिक २०८३, आइतबार

को हुन एमालेको तर्फबाट पोखराको मेयरका उम्मेदबार मानबहादुर जिसी ?

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको लागि मेयरमा मान बहादुर जिसीले उम्मेदबारी दिएका छन्  । कास्कीको एमाले कार्यकर्ता हरु अत्यन्तै लोकप्रिय मानिएका जि सी  केन्द्रिय समितिका बैकल्पिक सदस्य एबं  कास्कीका पूर्व जिल्ला अध्यक्ष हुन् । उनी पार्टीको जिल्ला इन्चार्ज समेत  हुन् । जिसी यसअघि सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए । उनी साविकको कालिका गाविसका पूर्व अध्यक्ष र गाउँ विकास समिति महासंघका  केन्द्रिय सदस्य  पनि हुन भने   हाल एमालेको प्रदेश न ४ को कार्यालय सचिवको जिम्बेबारी कुशलता पुर्बक निर्बाह गरिरहेका छन्  । २०७० सालको संबिधान सभा निर्बाचनमा कास्की क्षेत्र न  १ बाट  थोरै मत अन्तरले पराजित हुन पुगेका थिए।   साबिकको कालिका गा बि स मै हुर्कियाका उनि न त दुखमा कहिल्यै आत्तिय न त सुखमा कहिल्यै मातीय।  मिजासिलो स्वाभाब , सबैसंग सजिलै घुलमिल हुन सक्ने सरल जिबन शैली उनका बिषेसता हुन् जसका कारण उनि सम्भ्रान्त वर्ग देखि सर्बाहारा जनता सबैका बिचमा आखाका नानी  बन्न सफल छन् । वडा, गा बि स, क्षेत्र, जिल्ला, अंचल अनि केन्द्र सम्मको कार्यानुभाबले अत्यन्त खारिएका सबैलाई समेट्न सक्ने खुबीका धनि मानिन्छन ।२०३७ सालबाट राजनीति सुरु गरेका उनी  कालिकामा  मात्रै हैन नेपालि कन्युनिस्ट आन्दोलनको मूल प्रबाह नेकपा एमाले को संगठन लाइ गण्डकी क्षेत्रमा स्थापित गराउन अविचलित रुपमा लागि रहेका सर्बहारा बर्गका नेता को रुपमा स्थापित छन् ।

देशैको सबैभन्दा ठुलो महानगर  प्रमुख भैरहदा पहिले स्थानीय सरकारलाई संस्थागत गर्नु पर्ने उनको आफ्नो जिम्मेबारी भयको हुदा त्यसै तिर आफ्नो टिम क्रियाशिल हुदै महानगरलाई अधिकार र दायित्व बुझाउन लाग्ने उनि बताउछन ।महानगर भय पनि यहाका बासिन्दालाई यसको अनुभूति हुनेगरी आफ्नो काम केन्द्रीत हुने उनि थप्छन. आफ्नो पार्टीको स्पस्ट भिजन का मिसन भएको हुदा कुरा भन्दा स्पस्ट योजना सहित कुरा भन्दा काम बढी गरेर  एसियाको नमुना स्मार्ट सिटि बनाउने उनको योजना छ।पर्यटन को प्रभावकारी प्रचार र त्यसबाट प्राप्त हुने बैदेशिक आम्दानीले महानगरको गरिमा र महता उच्च हुने हुदा र नागरिकहरुको आर्थिक हैसियत उकास्न सकिने उनको ठम्याई छ। कृषिमा आधुनिकीकरण व्यवसायमा सबलीकरण बिना आर्थिक सम्ब्रिदि  सम्भब छैन तसर्थ एक घर एक उत्पादन अनि ब्यबस्थित जिबन शैली, उत्पादनमुखी युवा सहभागिता नै छिटो र दिगो आर्थिक बिकाशको मेरुदण्ड उनी  मान्छन।महिला र पुरुष को समान सहभागिता नभए न समाज बिकाश हुन्छ  न त देसको सम्ब्रिदि  तसर्थ सबै वर्ग जाति समुदायको सम बिकाश उनका भोलिको ब्यबस्थित महानगरका आधारहरु हुन्।

समय अनुशारको प्रबिधि प्रयोग अनि त्यसबाट लिन सकिने फाइदाको बारेमा छिटो छरितो जनताको सहभागिताले बिकाश दिगो र प्रभाबकारी बाउने उनको योजना त छदैछ। महानगरमा पर्ने नौ ताल को संरक्षण को ब्यबस्थित कार्ययोजना अनि ति तालहरुको भित्रि र बाहिरी रिंग रोड र लिंक रोड मार्फत जोडेर पर्यटकीय बिकाशमा एतिहाशिक फड्को मार्ने सुरमा उनि छन्।

महानगरका वरिपरिका छिमेकी नगरपालिकाहरु संग समन्वय गरि स्याटेलाइट सिटि बनाउने अनि अनि त्यसमार्फत पोखरालाई स्मार्ट ग्रीन सिटि बनाउने योजना बुनेका उनी अब यी सबै कामको लागि सिर्फ एकपटक जनताको साथ् खोजिरहेका छन् ।