१ कार्तिक २०८३, आइतबार

‘प्रचण्ड’सँग भिडेका घिमिरे काठमाडौं मेयरको उम्मेदवार

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । दोस्रो संविधान सभामा काठमाडौं क्षेत्र नम्बर दशमा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका तर्फबाट उम्मेदवारी दिएर राम्रो मत ल्याएका विदुरप्रसाद घिमिरेले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।

दलबलसहित मंगलबार दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह पुगेका घिमिरेले मेयर पदमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै घिमिरेले भने, ‘राष्ट्र र राष्ट्रियताको पक्षमा सधैँ लड्दै आएको चुरेभावर पार्टीले जनताको मतको सम्मान गर्छ । लोकतन्त्रमा जितहार हुन्छ । काठमाडौं महानगरका जनताले विश्वास गरेर जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

तपाईका संविधानसभाको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीका अध्यक्ष एवम् हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको क्षेत्रबाट पनि उम्मेदवारी दिनुभएको थियो ? काठमाडौं महानगरपालिकामा पनि उम्मेदवारी किन दिन लाग्नु भएको हो ? भन्ने प्रश्नको जवाफमा घिमिरेले भने, ‘मुलुक अहिले संघीयतामा प्रवेश गरिसकेको छ । संविधान कार्यान्वयन गर्नुपर्छ । युवाले मुलुकको नेतृत्व लिनुपर्छ । त्यस बेलाको परिस्थिति अर्कै थियो । अहिले अर्कै छ । मेरो उम्मेदवारीलाई अन्यथा लिनु हुँदैन ।’

पार्टीको झण्डा लिएर बायाँतिर उभिएका विदुरप्रसाद घिमिरे

दोस्रो संविधानसभाका बेला प्रचण्डको मत काटिदिएका घिमिले सम्मानजनक मत पाएको बताए । ‘त्यति बेला मैले प्रचण्डको मत नकाटिदिएको भए काठमाडौं क्षेत्र नम्बर दशबाट जित्नु हुन्थ्यो होला’, उनले भने, ‘मेरै कारणले पनि प्रचण्डले पराजय भोग्नु परेको थियो । कांग्रेसका राजन केसीले प्रचण्डलाई पराजित गरेर विजयी हासिल गर्नुभयो ।’ घिमिले भने, ‘त्यति बेला माओवादीले मलाई उम्मेदवारी फिर्ता लिन ठूलो दवाव दिएको बताए ।’

काठमाडौं महानगरपालिकामा मंगलबार चुरेभावर पार्टीले मेयर, उपमेयर, वडा र सदस्यसहितका अधिकांश पदहरूमा उम्मेदवारी दिएको छ ।

चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले काठमाडौंका साथै विभिन्न जिल्लाहरूमा पनि पार्टीका तर्फबाट मनोनयन दर्ता गरिएको बताए ।