काठमाडौं, १९ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएसँगै कांग्रेसभित्र नयाँ गृहमन्त्रीको खोजी भइरहेको छ । यसक्रममा सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणाको नाम चर्चामा छ ।
स्रोतका अनुसार पत्नी आरजुलाई गृहमन्त्री बनाउन सभापति देउवा तयार भएका छन् । आरजुको पक्षमा कांग्रेसभित्र अनौपचारिक छलफल सुरु भएको छ । साथसाथै पार्टीभित्र ठूलो समर्थन र विरोध पनि भइरहेको स्रोतको भनाई छ ।
उसो त यसअघि गृहमन्त्री निधि भएपनि सबै काम आरजुले नै गर्थिन् । यस्तो बेला केही महिला सांसद र देउवा पक्षीय केन्द्रीय सदस्यहरुले आरजुलाई गृहमन्त्री बनाउन पार्टीभित्र अनौपचारिक छलफल चलाएपछि देउवा सकारात्मक देखिएका हुन् ।
उनले आफ्ना निकटस्थहरुसँग आफ्नो सकेसम्मको पावर लगाएर आरजुलाई गृहमन्त्री बनाइछाड्ने बताउने गरेका छन् । आरजुले पनि आफू सक्षम नेतृ हो भन्दै लबिङ थालेकी छन् ।
यस्तै, पूर्व गृहमन्त्री कृष्ण सिटौलाको नाम पनि चर्चामा छ ।















प्रतिक्रिया