८ मंसिर २०८३, मंगलबार

अख्तियार प्रमुख आयुक्तमा दीप बस्न्यात सिफारिस

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ वैशाख । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको छ ।

यसअघि अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम परिषद्ले आज संसदीय सुनुवाईका सिफारिस गरेको हो ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निलम्बनपछि आयुक्त बस्न्यातलाई कात्तिक ४ गतेदेखि कार्यवाहकको जिम्मेवारी दिइएको थियो । उनलाई वरिष्ठताका आधारमा कार्यवाहक नियुक्त गरिएको थियो ।

निजामती सेवामा रहेर सचिवबाट अवकाश पाएका बस्न्यात लामो समय राजस्व सेवामा थिए ।