८ मंसिर २०८३, मंगलबार

कांग्रेसमा उम्मेदवार चयनमा विवाद, केन्द्रीय कार्यालयमै कुटाकुट

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ बैशाख । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनमा मनोमानी भएको भन्दै नेपाली काँग्रेसमा विवाद उत्पन्न भएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले उम्मेदवार चयनमा एकलौटी निर्णय गरेको आरोप लगाएका छन् । उनले काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्दा पार्टी देउवाले एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाए ।

देउवाले जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप समेत लगाएका छन् । यता काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै भिमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ ।

काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद प्रधानसँगैका केही युवाले नाराबाजी सहित प्रकाशमान निकट एक कार्यकर्तालाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । उत्पन्न परिस्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ललितपुर, भक्तपुर, धादिङ, चितवन लगायतका जिल्लामा सभापति देउवाले जिल्लाको सिफारिस विपरित टिकट दिएको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका थिए ।