काठमाडौं, १९ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लागेपछि प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)मा उच्चस्तरीय बैठक बसेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको आह्वानमा बसेको बैठकमा उच्च प्रहरी अधिकारीलाई निर्वाचनलाई ध्यानमा राखी कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन गरिएको छ ।
प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार आईजीपी अर्यालले पछिल्लो राजनीति घटनाक्रमले उत्पन्न परिस्थिती र निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिएका थिए ।
उपत्यकाका तीनै जिल्लाका प्रहरी प्रमुख उपस्थित प्रहरी मुख्यालयको भेलामा सुरक्षा अधिकारीले चुनावी तयारी र सुरक्षाबारे जानकारी गराएका थिए ।












प्रतिक्रिया