काठमाडौं, १९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेका दुई शीर्ष नेताबीच ‘वान टु वान’ वार्ता भइरहेको छ ।
सिंहदरबारस्थित एमाले संदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको मेयरको उम्मेदवार छनोट गर्न वार्ता भइरहेको एक नेताले बताए ।
काठमाडौंको मेयरमा एमालेका तर्फबाट गौरी प्रधान जीवनराम श्रेष्ठको चर्चा छ । उपमेयर भने चुनावी तालमेल गर्ने सहमतिपछि राप्रपालाई दिइएको छ ।















प्रतिक्रिया