८ मंसिर २०८३, मंगलबार

सरकार छाडेका कमल थापा किन पुगे एमालेको दैलोमा ? बैठक बसिरहेका शीर्ष नेता चकित !

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रकरणमा असहमति जनाउँदै सरकार छाडेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा एमालेको दैलोमा पुगेका छन् ।

यसअघि एमाले नेतृत्वको विपक्षी गठबन्धनमा रहेका थापा एक महिनाअघि मात्रै सरकारमा गएका थिए । तर, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कांग्रेस र माओवादी केन्द्रको निर्णयमा असहमति जनाउँदै सोमबार साँझ सरकारबाट बाहिरिए ।

सरकारबाट बाहिरिएको भोलिपल्ट मंगलबार (आज) थापा एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेका हुन् । थापा पुग्दा एमाले शीर्ष नेताको बैठक बसिरहेको थियो । बैठकमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनबारे छलफल भइरहेको थियो । शीर्ष बैठकमै थापा एक्कासी प्रवेश गरेपछि एमाले नेताहरु चकित परे ।

एकाएक किन एमाले कहाँ पुगे थापा ?

स्रोतका अनुसार सरकार छाडेका थापा चुनाबी गठबन्धनबारे छलफल गर्न एमाले संसदीय दलको कार्यालय सिंहदरवार पुगेका थिए । दुई पार्टीबीच वैशाख ३१ गतेको स्थानीय तहको चुनावमा कसरी गठबन्धन बनाएर अघि बढ्न सकिन्छ भन्नेबारे छलफल भएको एक नेताले बताए ।