
काठमाडौं, १९ वैशाख । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानन्यायाधीश सुशील कार्कीमाथिको महाअभियोगविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोगलाई स्वतन्त्र न्यायपालिका माथिको नाङ्गो हस्तक्षेप भन्दै त्यसविरुद्ध आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको सचिव आरसी लामिछानेले जानकारी दिए ।
अनेरास्ववियुका आन्दोलन शान्तिपूर्ण र दबाबमुलक हुने उनले बताए ।
यस्ताः अनेरास्ववियुद्वारा घोषित थप आन्दोलनका कार्यक्रमहरुः
वैशाख १९ गतेः
महाअभियोग प्रस्ताबमा हस्ताक्षर गर्ने सांसदहरुलाई अविलम्ब प्रस्ताव फिर्ता लिन आग्रह गर्दै मोबाइल एसएमएस पठाउने ।
नेपाल बार– लम्पसारको नारासहित नागरिक समाज जगाउन सामाजिक सञ्जालमा जागरण अभियान चलाउने ।
बैशाख २० गतेः
बिहान ‘जागौ जनता’ नारासहितको दौड जुलुस ।
३ बजे बानेश्वरमा प्लेकार्डसहित जुलुस ।
वैशाख २१ गतेः
बिहान आर आर क्यापस अगाडि सडक अन्तक्रिर्या गर्ने ।











प्रतिक्रिया