८ मंसिर २०८३, मंगलबार

डीआईजी नवराज सिलवालको रिटमाथि सर्वोच्च अदालतमा आज के हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । सर्वाेच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको रिटमा आज सुनुवाई नगर्ने भएको छ ।

सिलवालले प्रकाश अर्यालललाई प्रहरी महानिरीक्षक नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध चैत १९ मा रिट दायर गरेका थिए । उक्त रिटमा आज सुनवाई हुने भनिएको थियो । तर, प्रधानन्यायाधीशमाथि महाअभियोग लागेपछि सर्वाेच्चले आजको सुनुवाई स्थगित गरेको बताइएको छ ।

डीआईजी सिलवालले अर्याललाई सर्वाेच्च आदेशविपरित नियम मिचेर सरकारले आईजीपी नियुक्त गरेको भन्दै सर्वाेच्चमा पुनः रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले विशेष कारणले आजको सुनुवाई स्थगित भएको बताएको छ । यद्यपी अर्को सुनुवाई कहिले हुने भन्नेबारे कुनै निर्णय गरेको छैन् ।

यसअघि सरकारले प्रहरी महानिरिक्षकमा जयबहादुर चन्दलाई गरेको नियुक्ती सिलवालको रिटपछि सर्वाेच्चले बदर गर्दै बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनको आधारमा नियुक्त गर्न आदेश दिएको थियो ।