३ कार्तिक २०८३, मंगलबार

पोखरामा चार अर्ब ७९ करोडभन्दा बढी राजस्व सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ वैशाख । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामै रु चार अर्ब ७९ करोड ५६ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले सो अवधिमा रु चार अर्ब ५० करोड ३८ लाख ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । सो अवधिमा राजस्व सङ्कलनमा कार्यालयले १०६ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

आयकरतर्फ रु एक अर्ब ४२ करोड २८ लाख ३३ हजार, अन्तःशुल्कतर्फ रु दुई अर्ब २२ करोड ८२ लाख ४७ हजार, घर बहालतर्फ रु ११ करोड ३५ लाख ३८ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ रु ६८ करोड ६६ लाख दुई हजार, स्वास्थ्यकरतर्फ रु छ करोड २४ लाख दुई हजार र शिक्षाकरतर्फ रु तीन करोड ५० हजार पाँच हजार सङ्कलन गरेको छ ।

कार्यालयअन्तर्गत गण्डकी र धवलागिरि अञ्चलमा एक लाख १५ हजार ४७७ करदाता रहेका छन् । रासस