८ मंसिर २०८३, मंगलबार

फोरम लोकतान्त्रिकले मंगलबार विशेष निर्णय गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बसेको फोरम लोकतान्त्रिकको बैठक मंगलबारसम्मका लागि लम्बिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावसँग तात्तिएको राजनीतिक विषयमा छलफल गर्न फोरम लोकतान्त्रिकको संसदीय दलको बैठक काठमाडौंको तीनकुनेस्थित पार्टी मुख्यालयमा बसेको थियो ।

बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र महाअभियोगका विषयमा छलफल भए पनि ठोस निर्णय केही नभएको मुख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिए । उनले भने, ‘समग्र राजनीतिक विषयमा छलफल भएको छ । निर्णय हुन सकेन । मंगलबार पुनः बैठक बसेर निर्णय गर्ने छौँ ।’

बैठकमा अध्यक्ष विजयकुमार गच्छदारले समग्र राजनीतिक विषयमा आफ्नो धारणा राखेका थिए । उनले स्थानीय तहको निर्वाचनदेखि मुलुकलाई निकास दिन र संविधान संशोधनका लागि प्रमुख दलहरू मिल्नुपर्ने धारणा बैठकमा राखेका थिए ।