१ कार्तिक २०८३, आइतबार

माओवादी सांसदको चेतावनी– महाअभियोगमा मेरो हस्ताक्षर छैन्, कानूनी प्रक्रियामा जान्छु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग संसदमा छलफल गरेरमात्र दोषी र निर्दोष छुटिने बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै विडारीले महाअभियोग प्रस्तावमा प्रयोग भएको आफ्नो हस्ताक्षर महाअभियोगको प्रस्तावको उद्देश्यको लागि नभएको जिकिर समेत गरे । उनले भने, ‘महाअभियोग प्रस्तावमा प्रयोग भएको हस्ताक्षर अर्के प्रयोजनको लागि लिईएको हो, महाअभियोगको लागि लिईएको होईन, यसको बारेमा छानविन हुनुपर्छ ।’ उनले त्यसका विरुद्धमा गम्भिर छानबिन हुने र गलत देखिए कानूनी कारबाही समेत हुने बताए । यद्यपी उनले पार्टी अध्यक्षले निर्देशन दिएर हस्ताक्षर प्रयोग भएको भए आफूले त्यसलाई मान्ने स्पष्ट पारे ।

महाअभियोग सिफारिश समितिका सदस्य समेत रहेका सांसद बिडारीले समितिमा कार्कीमाथि लागेका आरोपहरुको बारेमा एक एकगरि छलफल हुने र दोषी देखिएमात्रै फुल हाउसमा जाने बताए । यद्यपी उनले अदालतमा परिपक्व भ्रष्टाचार बढेको उल्लेख गर्दै भने, ‘अदालतमा परिपक्व भ्रष्टाचार बढेको थियो, त्यो पनि दाह«ीजुँगा धपक्कै बढेजस्तो, अहिले पनि भ्रष्टाचार छ, तर दाह«ीजुँगा चाहीँ छैन ।’

उनले अदालतले कार्यपालिकामाथी हस्तक्षेप गर्न नहुने बताउँदै यो गलत भएको आरोप लगाए । उनले नेपालमा महाअभियोगको प्रस्तावको प्राक्टिस नै भर्खरै सुरु भएकोले के के न भएकोजस्तो देखिएको बताए ।

माओवादीले सेनापति चलायो, अदालतमा हात हालेर पूराना संरचना ध्वस्त बनाउन खोज्यो भनेर आरोप लगाईएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘संवैधानिक अगंका अख्तियार प्रमुख लोकमाथि एमालेको नेतृत्वमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो, अहिले प्रधानन्यायाधिश सुशिला कार्कीमाथि काँग्रेसले नेतृत्व गरेको हो, विस्तारै विस्तारै सेना अदालतमा पनि परिवर्तको प्रभाव पर्दैछ ।’

संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्छ

उनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने स्पष्ट पारे । उनले भने, ‘संशोधन प्रस्ताव पारित हुन्छ, त्यो पनि एमालेकै समर्थनमा, एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मत हाल्छ ।’ उनले महाअभियोग प्रस्तावले चुनावको मिति तलमाथि केही पनि नहुने स्पष्ट पारे । उनले भने, ‘एक दुई तीन चुनाव हुन्छ ।’