काठमाडौं, १८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव स्वीकार्न नसकिने बताएको छ । स्थानीय तहको निर्वाचनका लागि आज पार्टी कार्यालयल धुम्बोराहीमा घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भोलिसम्ममा प्रस्ताव फिर्ता लिन चेतावनी दिएका हुन् ।
उनले काँग्रेस र माओबादी केन्द्रले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव ल्याएको आरोप लगाए । समयमै चुनाव गराउनुको सट्टा सरकार अरुनै बाटोमा हिडिरहेको बताए । आईजीपी प्रकरणसहितका मुद्दा प्रभावित पार्न सरकारले हचुवाका भरमा महाअभियोग दर्ता भएको उनको आरोप छ ।












प्रतिक्रिया