८ मंसिर २०८३, मंगलबार

प्रधानन्यायाधीशमाथि महाअभियोग लागेपछि क्याप्टेन विजय लामा आक्रोशित

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पाइलट क्याप्टेन विजय लामाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत के भ्रष्टाचारविरुद्ध लड्दा कारवाही भोग्नुपर्ने भन्दै नेताहरू विरुद्ध आक्रोश समेत पोखेका छन् ।

उनले लेखेका छन्ः

आम जनताले के बिगारेका छन र आज यस्तो घिन लाग्दा दिनहरु भोग्नु परी रहेको छ ? किन बुझ्नै नसक्ने राजनितीको शिकार बन्नु परेको छ ? जैले किन यसरि दुख पिडा मात्र बोक्नु पर्ने एक दुइ जना हुतियारी नेताहरुका कारण ?

भ्रस्टाचारिका बिरुद्ध लड्न पनि नपाउने कसैले ? अनी लड्यो भने पनि कार्बाहीमा पार्ने ? कस्तो निती हो यस्तो ? जमात खडा गरेर जे गरे पनि हुने ?

देशलाई कति पछाडी धकेल्ने राजनिती र भाइ बन्दीको नाममा ? इतिहास ले छर्लङ देखाएको छ कोइ पनि आजिवन शक्तिशाली भएर बस्नु सक्दैन भनेर!

“NO ONE IS INVINCIBLE…EVEN A CHAMPION HAS TO BOW DOWN TO A NEW CHAMPION ONE DAY”

त्यसैले ति नेताहरु, जो आफुलाई सर्बे सर्बाह (invincible) भन्छन, भनठान्दछन जनता देखी डर मानेर बस्नुस किनी कि जनता सडकमा उत्र्यो भने कसैले रोक्न सक्दैन!

नेपाल आमालाई धेरै पिडा नदिनु धेरै न रुवाउनु! यसैमा राम्रो हुन्छ तपाइहरु सबैलाई!

हामी सबै मिलेर थामौ नेपाललाई….भत्कन बाट बचाउ!!!

जय चन्द्र सुर्य !

जय चन्द्र सुर्य !

जय चन्द्र सुर्य !