काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीबाट घोषणा पत्र सार्वजनिक गरेको हो ।
यसपटक एमालेको चुनावकालागि मुल नारा ‘समृद्धि समानता र सवल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमाले सरकार !’ रहेको छ ।
के के छ एमालेको घोषणापत्रमा ?

एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने लगायतका विषय उल्लेख छन् ।
बुँदागतरुपमा
– सामाजिक सुरक्षा भत्ता ५ हजार
– १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर
– १० वर्षमा १५ हजार मेगाबाट बिजुली
– सबैतिर रेल र राजमार्ग

– राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउन वार्ता
– मुस्ताङमा युरेनियम उत्खनन केन्द्र
– खेल अनिवार्य, उपत्यकामै तीन रंगशाला
– सिंहदरबार नमूनाको स्थानीय प्रशासनिक भवन
– ९ महानगर थपिने, विभिन्न ठाउँमा स्मार्ट सिटी
– एक घरः एक रोजगारी
तस्वीर: गोविन्द गिरीको फेसबुकबाट ।
















प्रतिक्रिया