काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाले आफू न्यायका लागि सधै लडिरहने प्रतिज्ञा गरेका छन् ।
सत्यको पक्षमा वकालत गर्दै आएकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लागेपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सिलवालले भनेका छन्– ‘ अन्धकार रातमा जंगलको वाटोमा हिंड्दै गर्दा थोरै प्रकाशले पनि अगाडिको वाटो देखाई रहेको हुन्छ । न्याय, लोकतन्त्र र समानताको मिसनमा मेरे समर्पण रहिरहनेछ ।’
नेपाल प्रहरीको आईजीपीका दाबेदार सिलवाल राजनीतिक स्वार्थको सिकार भएपछि सुशीलाले सर्वाेच्च अदालतबाट न्याय दिने प्रयास गरेकी थिइन् ।
अस्पतालवाट घर फर्किएर स्वास्थ्य लाभ गरिरहेको छु।
शुभेक्षाका लागि सवैलाई धन्यवाद !
न्याय, लोकतन्त्र र समानताको मिसनमा मेरे समर्पण रहिरहनेछ।— Nawa Raj Silwal (@Nawasilwal) May 1, 2017
अन्धकार रातमा जंगलको वाटोमा हिंड्दै गर्दा थोरै प्रकाशले पनि अगाडिको वाटो देखाई रहेको हुन्छ।
— Nawa Raj Silwal (@Nawasilwal) May 1, 2017












प्रतिक्रिया