८ मंसिर २०८३, मंगलबार

प्रधानन्यायाधीशमाथिको महाअभियोगपछि प्रधानमन्त्रीले किन भेटे एमाले अध्यक्ष ओली ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्रीको राजीनामाको भोलिपल्ट सोमबार दिउँसो प्रधानमन्त्रीले आगामी बैशाख ३१ गतेका लागि तोकिएको चुनावका विषयमा छलफल गर्न ओलीसँग भेट गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले वैशाख ३१ को स्थानीय तहको निर्वाचन अनिश्चित बनेका बेला सिंहदरबारस्थित सभामुखको च्याम्बरमा भइरहेको दुई नेताबीचको भेटलाई महत्वका साथ हेरिएको छ ।

भेटमा निर्वाचन सार्ने वा तोकिएकै मितिमा गर्ने विषयमा निर्णय समेत हुनसक्ने स्रोतको भनाई छ ।