
काठमाडौ, १७ बैशाख । प्रधानन्यायधीस सुशीला कार्कीमाथि महाभियोग लागेर निलम्बनमा परेपछि अब सर्वोच्च अदालतको नेतृत्व कसले समाल्छ भन्ने विषय चर्चामा आउन सक्छ ।
अहिले सर्वोच्चमा बरियताक्रममा सुशीला कार्कीपछि गोपाल पराजुली छन् । यो हिसावले पराजुलीनै कार्यबाहक प्रधानन्यायाधीस हुने सम्भावना छ ।
संविधानको धारा १२९ को उपधारा ६ मा प्रधानन्यायधीशको पद कुनैपनि कारण रिक्त हुने अवस्था आएमा सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीसले कायममुकायम प्रधानन्यायधीस हुन पाउने व्यवस्था छ ।
संविधानको धारा १०१ को उपधारा ६ मा महाअभियोगको कारवाही प्रारम्भ भएदेखि नेपालको प्रधानन्यायधीस वा सर्वोच्चका न्यायधीस, न्यायपरिषद्का सदय वा संवैधानिक निकायका प्रमुख वा सदस्यले त्यस्तो कारवाहीको टुंगो नलगोसम्म आफ्नो पदमा रहन नपाउने व्यवस्था छ ।











प्रतिक्रिया