८ मंसिर २०८३, मंगलबार

एमालेले भन्यो–महाअभियोग प्रस्ताव असफल बनाउँछौं

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध सरकारले महाअभियोग लगाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गरेको छ ।

एमालले महाअभियोग प्रस्तावलाई ससदमा असफल बनाउने दाबी गरेको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले महाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भएको बताएका छन् ।

उनले अमुक व्यक्तिहरुको चाहानामा मात्रै महाअभियोग दर्ता गरिएकाले यसलाई लोकतन्त्रवादीहरुले अस्वीकार गर्नुपर्ने बताए ।

काँग्रेस र माओबादीले जिम्मेवारप्रति प्रतिबद्ध जिम्मेवार तथा नेपालकै पहिलो महिला प्रधानन्यायधीशलाई देखेर सहन नसकेको आरोप लगाएका छन् ।