१ कार्तिक २०८३, आइतबार

मालेको स्पष्टिकरणः पार्टीलाई बद्नाम गराउन प्रचण्डले सरकारमा जाने हल्ला फिजाए

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । संविधान संशाधनका लागि संसदमा स्पष्ट दुई तिहाई संख्या पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा मालेलाई फुटाउने कसरतमा लागेको आरोप लगाइएको छ । प्रचण्डले बहुमत नपुग्ने देखिएपछि संसद बैठक नै बैशाख २१ सम्म स्थगित गरेर संबिधान संशोधनका लागि आवश्यक पर्ने संख्याको खोजी गर्न लागिररहेको आरोप मालेले लगाएको छ ।

आवश्यक संख्या नपुगेपछि बिपक्षी मोर्चामा रहेको नेकपा(माले)लाई फुटाउने योजनामा प्रचण्ड लागेको मालेका केन्द्रीय सदस्य भरतमणी ज्ञवालीले बताए । उनले केही सांसदहरुलाई आर्थिक प्रलोभनमा संबिधान संशोधनका पक्षमा मत हाल्न लगाउने योजना बनिरहेको खुलासा गरे । उनले मालेलाई वद्नाम गराउन सरकारको हौवा फिजाएको आरोप लगाएका छन् ।

हाल संसदमा रहेको कुल संसद संख्या ५ सय ९३ मध्ये ३ सय ९३ संशोधनको पक्षमा छ । संशोधनका लागि दुई तिहाई पुग्नका लागि ३ सय ९७ आवश्यकता पर्दछ । संबिधान संसोधनका बिपक्षमा १ सय ९५ सांसद रहेका छन् ।

जसमा नेकपा (एमाले) १ सय ८१, नेकपा माले ५, नेपाल मजदुर किसान पार्टी ४ र राष्ट्रिय जनमोर्चाको ३ सदस्य छन् । यी मध्ये नेकपा (माले)को पाँच मत संसोधनका पक्षमा गएमा आवश्यक संख्या पुग्छ ।