१ कार्तिक २०८३, आइतबार

अचानक किन रोकियो एमालेको घोषणापत्र ? के के विषय छन् ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

एमालेले आज दिउँसो ३ बजे स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । तर, सम्पादन कार्य पूरा नभएकाले कार्यक्रम स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । ‘घोषणापत्र तयार भइसक्यो । सम्पादन कार्य सकिएपछि छिट्टै सार्वजनिक गर्छाै,’ थापाले भने ।

अब चुनावी घोषणापत्र वैशाख १८ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्वजनिक गर्ने तय भएको छ ।

के के छ एमालेको घोषणापत्रमा ?

एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने लगायतका विषय उल्लेख छन् ।