भर्खरै नेपाल प्रहरीको महानिरीक्षमा नियुक्ति भएका प्रकाश अर्याललाई अहिले म्यादी प्रहरी प्रकरणले झट्का दिएको छ । अर्थात म्यादी प्रहरीको लागि आवश्यक कपडा लगायतका सामाग्री (सामान) खरिद गर्दा क्षेत्रका डिआइजी नै कमिशनखोलीमा लागे ।
हेडक्वाटरको प्रबन्ध शाखाले आश्यक सामग्री व्यवस्थापन गर्न नसकेपछि जिल्लाहरुमा नै खरिद गर्ने निर्णय गरिएको थियो । म्यादी प्रहरीको लत्ताकपडा खरिदको लागि जिल्लामै बजेट निकासा गरेपनि क्षेत्रका डिआइजीले कमिशसनमा ¥याल चुहाउँदै जिल्लाको अधिकार खोसेर क्षेत्रबाटै खरिद गर्न थालेको छ । क्षेत्रको डिआइजीको यो अव्यवहारिक कदमले जिल्लाको हाकिमहरु असन्तुष्ट भएका छन् ।
सुन तस्करहरुबाट जयजयकार
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल स्वयं प्रतिशोधमा उत्रिएका छन् । भनाईको मतलब सुन तस्करहरुबाट महानिरीक्षकलाई जयजयकार र धन्यवादहरु बर्सेको खबर सर्बत्र छाए । सवोच्च अदालतमा बरियातामा दोस्रो स्वीकार गरी मुद्दा फिर्ता लिएका अर्यालले केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी) का प्रमुख नवराज सिलवाल माथि उनले प्रतिशोध साँध्न थालेका छन् ।
आइजीपी नियुक्तिको बारेमा सर्वोच्च अदालतले २०७४ वैशाख १९ गतेलाई पेशी तोकेको छ । अर्यालले त्यस अघिने सिलवाललाई फसाउन निवर्तमान आइजीपी उपेन्द्रकान्त अर्यालको योजना मुताबिक अनेक प्रकारका प्रपञ्चहरु रचिरहेका छन् ।
वर्तमान आइजीपी अर्याल २०७४ चैत्र मसान्त अर्थात अबको ११ महिना मात्र पदमा रहेने छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले पीडित डिआइजी नवराज सिलवालमाथि प्रतिशोध साध्न पूर्व र वर्तमान आइजीपीलाई जुन ढङ्गले अगाडि बढाएको छ त्यसले प्रहरी संगठनकै मनोबल गिर्न पुगेको छ । जसले प्रहरी वृतमा नै हलचल मच्चिएको छ ।
पूर्व आइजीपी उपेन्द्रकान्त अर्याल र महान्यायधीवक्ता र रमन कुमार श्रेष्ठको ग्राण्ड डिजाइन र सल्लाह सुझावमा आइजीपी अर्याल, सिलवाल विरुद्ध प्रतिशोधमा उत्रिएको प्रहरी स्रोतबाट नै खुलासा भएको छ ।
उक्साहटमा आइजीपी

आइजीपी अर्यालले ज्यानको बाजी मोलेर कर्तव्यको पालना गरेका प्रहरी अधिकृतलाई छानीछानी काजमा सरुवा गरेको खुलासा भएको छ । सीआईबीमा कार्यरत चार जना प्रहरी अधिकृतलाई तानेर प्रहरीको केन्द्रीय निर्वाचन सेलमा थन्क्याइएको छ । तानिएको मध्ये वन्यजन्तु तस्कर नियन्त्रण सेलमा रहेको डिएसपी प्रविन पोखरेल, आर्थिक व्युरोमा कार्यरत डिएसपी रेसम पराजुली, प्रशासनमा कार्यरत डिएसपी दधिराम न्यौपाने र प्रहरी निरीक्षक रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय निर्वाचन सेलमा खटाइएको छ ।
समाचारमा उल्लेख भए अनुसार, विभाग पुरस्कृत गर्नुपर्ने ती अधिकृतहरुलाई सिआईबी प्रमुख डिआईजी नवराज सिलवालको विश्वास पत्र भएको कथित आरोपमा निर्वाचन सेलमा तानिएको छ । उनीहरुलाई सिआईवीको योग्य र क्षमतावान अधिकृतको रुपमा चिनिने गरिन्छ ।
आर्थिक चलखेल
सतीले सरापेको देश भएकै कारण कानून विपरितका कार्यहरु भइरहेको छन् भन्ने जनविश्वास पनि छ । वरियताको मर्यादाको ख्यालै नगरी एकजना आफ्नो मातहतको प्रहरीलाई आईजीपी नियुक्ति गर्नको लागि मरिहत्य किन गर्छ ? त्यो सबै प्रकरणहरु आर्थिक चलखेल हुन् भन्ने जनसमुदायको ठहर छ ।
नत्रभने डिआईजी नवराज सिलवाललाई १ नं. वरियताको व्यक्ति तथा विभिन्न प्रकारका सुनकाण्डदेखि लिएर नक्कली चिकित्सकसम्मको काम कारवाही सफल रुपमा सम्पन्न गर्ने व्यक्तिलाई उपेक्षा गरी कनिष्ठ व्यक्तिलाई नियुक्ति दिनु भनेको यो सरासर कानून विपरित, जनता र प्रहरी संगठनलाईनै धोखा हो । बैमानी पार्टीको प्रतिनिधि र सरकार प्रमुख प्रधानमन्त्री प्रचण्ड दाहाललाई जनताले के भन्ने ?
(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशन नेपालका केन्द्रिय सदस्य हुन् ।)
















प्रतिक्रिया