काठमाडौं, १७ वैशाख । व्यवस्थापिका संसदको बैठकमा आज संविधान संशोधनको विधेयकमा छलफल हुने भएको छ ।
बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनको विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ ।
मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गारउने उद्देश्यले संविधान संशोधन फाष्ट ट्रयाकबाट गरिने तयारी भएको हो ।
संविधान संशोधनमा पचास वटा संशोधन विधेयक दर्ता भएका छन् । धेरै संशोधन भएकाले उपसमिति बनाएर जाँदा समय लाग्ने भन्दै नेताहरूले संसद बैठकबाटै टुंगो लगाउने गरेर तयारी गरिएको स्रोतको भनाइ छ ।











प्रतिक्रिया