
भैरहवा, १६ बैशाख । विश्वकै सफल ब्रान्डेडको रुपमा परिचित कम्पनी रेनल्टले भैरहवामा प्रोफेसनल मिट कार्यक्रम सम्पन्न गरेको छ । रेनल्टका डस्टर, क्वीड गाडीहरु बजारमा उपलब्ध छन् ।
रेनल्टका डस्टर र क्वीड गाडीले छोटो समयमै ग्राहकहरुको मन तान्न सफल भएको भैरहवाका लागि रेनल्टको आधिकारिक विक्रेता भैरहवा अटो कम्पनीका प्रबन्ध निर्देशक हरिबहादुर थापाले बताए ।
यो गाडी नेपालमा गत अगस्ट १९ बाट विक्रि सुरु गरेको कम्पनीले ७०० बढी गाडी विक्रि गरिसकेको रेनल्ट कम्पनीको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स काठमाडौंका डिजिएम अधिरकुमार श्रेष्ठले बताए ।
यो कम्पनीले छिट्टैनै ४ ओटा फरक मोडलका गाडी बजारमा ल्याउने तयारी रहेको समेत गरको श्रेष्ठले जानकारी दिए । सो कम्पनीका नारायणघाट, दाङ, बिर्तामोड, धनगढी, बुटवल र भैरहवामा डिलरहरु छन् ।















प्रतिक्रिया