पोखरा, १६ वैशाख । नेकपा एमालेको भातृ संस्था युवा संघका केन्द्रिय अध्यक्ष राजीव पहारीले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरबाट एमालेलाई दुई तिहाइ मत ल्याउने दावी गरेका छन् ।
नेकपा एमाले माछापुच्छ्रे्र गाँउपालिका वडा नं.४ लाहाचोकमा रहेको वडा पार्टी कार्यालय उद्घाटन एवं उम्मेदवार घोषणा कार्यक्रममा शनिबार बोल्दै पहारीले राष्ट्र बचाउनको लागि एमालेलाई मत दिनुको विकल्प नभएको बताए । नेपालको विकास तथा गरिबी निवारण गरी जनताको आयस्तर बढाउन एमालेलाई जिताउनुपर्नेमा जोड उनको थियो । नेपाली काग्रेसले गाउँको विकास गर्छु भनेर नौटंकी मात्र गरेको भन्दै उनले नेपाली काग्रेस विकास विरोधी भएको आरोप लगाए ।
कार्यक्रममा माछापुच्छ्रे्र गाँउपालिका वडा नं.४ लाहाचोकको उम्मेदवार घोषणा पनि गरिएको थियो । जसअन्र्तगत अध्यक्षमा पुर्ण बहादुर शाही, उत्पीडीत महिला सदस्यमा हिरा सुनार, खुल्ला महिला सदस्यमा शान्ती अधिकारी र सदस्यहरुमा विष्णु पौडेल, शंकर नेपाली रहेका छन् ।
कार्यक्रममा युवासंघ कास्कीका अध्यक्ष विष्णु पुन, सचिव डिल्लीराम सुवेदी र उम्मेदवारको तर्फबाट पुर्ण बहादुर शाही लगायतले पनि बोलेका थिए ।
कार्यक्रममा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका दर्जनौ कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई युवा संघ अध्यक्ष पहारीले स्वागत गरेका थिए ।
साबिक लाहाचोक गाबिस अध्यक्ष टेक बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको स्वागत चिन बहादुर नेपाली र संचालन युवासंघ कास्कीका सहसचिव पान बहादुर जिसीले गरेका थिए । यसअघि विभिन्न ठाउँबाट निस्केको झाकी र बाजागाजा सहितको ¥याली गाउको परिक्रमा गरी कार्यक्रम स्थल पुगेको थियो । कार्यक्रममा राष्टिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जीवन दाहालको प्रस्तुती राखिएको थियो ।
त्यस्तै पोखरामा आजै आयोजित एक अर्को कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले एमालेप्रति देखिएको जनलहरले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु आत्तिएको आरोप लगाउनुभएको छ ।
युवा संघ नेपाल वडा कमिटि पोखरा–१६ ले बाटुलेचौरमा आयोजना गरेको चुनाव केन्द्रित सांस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष पहारीले वैशाख ३१ ग्ते पछि स्थानिय तह एमालेको नेतृत्वमा आउने र जनताले केन्द्रियताको महशुस गर्ने बताउनुभएको छ ।
एमालेका पोलिटव्युरो सदस्य गणेश तिमिल्सीनाले जनताको आशा, भरोशा एमाले भएको दावी गर्दै एमाले विना राष्ट्र समृद्ध बन्न नसक्ने बताउनुभयो । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पोखरा लेखनाथको समृद विकाशका लागी एमालेसंग मात्रै स्पष्ट भिजन रहेको बताउनुभयो ।
वडा कमिटिका संयोजक कपिल थापाको अध्यक्षता भएको कार्यक्रमा युवा संघ नेपालका सचिव माधव बास्तोला, एमाले कास्कीका सचिवालय सदस्य दानबहादुर बानिँया, क्षेत्रिय अध्यक्ष जीवन आचार्य, लोकदोहरी गीत प्रतिष्ठानका संस्थापक प्रजापति पराजुली, युवानेता रामचन्द्र आचार्य लगायतले झुट्टा आश्वासन बाँडनेहरुसंग सतर्क रहँदै एमालेको पक्षमा लाग्न आग्रह गरेका थिए ।
क्mार्यक्रममा कलाकार प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढुङ्गाना, लक्ष्मी नेपाली, नारायण बास्तोला, लगायतले गित मार्फत एमालेको पक्षमा मत मागेका थिए । त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका युवाहरुलाई स्वागत गरिएको थियो ।













प्रतिक्रिया