८ मंसिर २०८३, मंगलबार

बालकोट किन पुग्यो कांग्रेसको जम्बो टोली ? ओलीको जवाफले देउवा निराश

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १६ वैशाख । सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरु शनिबार भक्तपुरको बालकोट पुगेका छन् । उनीहरुले त्यहाँ पुगेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेतासँग वर्तमान राजनीतिक गतिरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

ओली निवास बालकोट जानेमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायत नेताहरु थिए । कांग्रेस शीर्ष नेताहरुसँग बालकोटमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल लगायतका नेता छलफल गरेका थिए ।

छलफलमा कांग्रेसले संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गराउन सहयोग मागेको थियो । तर, एमालेले संविधान संशोधनमा सहयोग गर्न नसकिने जवाफ दिएको छ ।

भेटमा कांग्रेस सभापति देउवाले संविधान संशोधनमा सहयोग गर्न र सहयोग गर्न नसके संसदको प्रक्रियामा अवरोध नगर्न आग्रह गरेका थिए । कांग्रेस नेताहरुले चुनाव गराउनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका थिए ।

तर, एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने जवाफ दिएका थिए । ओलीले एमाले विना दुई तिहाई पुर्याउन र संविधान संशोधन पास गर्न चुनौतिसमेत दिएको एमाले स्रोतले बतायो । साथै वैशाख ३१ को स्थानीय तहको निर्वाचन केही दिनपछि सार्न र एकैचरणमा चुनाव गराउनुपर्ने ओलीको माग थियो ।

ओलीको जवाफ सुनेपछि देउवा नेतृत्वको कांग्रेस शीर्ष नेताको टोली निराश हुँदै फर्किएको थियो ।