
– मिना बुढाथोकी
सल्यान, १६ वैशाख । एकीकृत नेकपा माओवादीका सातजना केन्द्रिय सदस्य सदस्यहरुले राजीनामा दिएका छन् । उनीहरुले माओवादी केन्द्रिय सदस्य, जिल्ला कमिटी वागचौर नगरकमिटी लगायत सबै तहका जिम्मेवारीबाट आफूहरुले राजिनामा दिएको बताएका छन् ।
राजिनामा दिने केन्द्रिय सदस्यहरुमा ज्ञान बहादुर वली माइकल, टिकाराम वली दर्शन, सेतिराम वली दिनेश, हरिलाल डिसी दिनेश, सुम्निमा डिसी निर्माता, टंक प्रसाद शर्मा सौगात र कमला वली श्रृंखला रहेका छन् । उनिहरुले माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले अन्यापुर्ण ढंगले वागचौर नगरपालिकाको लागी मेयर र उपमेयरको छनौट गरेको भन्दै राजिनामा गरेका हुन ।
विज्ञप्तीमा उनिहरुले भनेका छन् “माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले मेयर र उपमेयर छनौटका क्रममा अत्यन्त हचुवापुर्ण, पूर्वाग्रही, सहित परिवारको भावना विपरित, वास्तविक धरातलबाट भन्दा वाहिरबाट लादिएको ठहर गरेका छौँ ।”
उनिहरुले सविधानसभा सदस्य टेक बहादुर बस्नेत, सल्यान रुकुम यातायातका अध्यक्ष लोकमान वली, सल्यान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एउटै टोलको हुँदाहुदै पनि मेयर पनि सोहि टोलमा लिन खोज्नु कार्यकर्ताको भावना विपरित हुने बताएका छन् । राजिनामा दिने सातैजना केन्द्रिय सदस्य वागचौर नगरपालिकाका हुन ।
लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरु हुदाहुदै सल्यान रुकुम यातायातको अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिइएको उनिहरुले बताएका छन् ।
उनिहरुले प्रदेश कमिटीले निर्णय नसच्याउदा सम्मलाई राजिनामा दिएको बताएका छन् । राजिनामा दिएका माओवादीका केन्द्रिय सदस्य ज्ञान बहादुर वलीले प्रदेश कमिटीको गलत निर्णयबाट विचलित नहुन र गलत कामको विरुद्ध डटेर लाग्न कार्यकतालाई अपिल गर्नुभयो ।
माअोवादीको प्रदेश नम्वर ६ को वैठकले हिजो मात्रै वागरचौर नगरपालिकामा मेयरको उम्मेदवारको रुपमा लोकमान बुढाथोकी एलमान र उपमेयरको रुपमा कल्पना घर्ति रचनालाई अघि सार्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको वागचौर नगरपालिकाले मेयर र उपमेयरमा सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि मेयर र उपमेयरमा ३/३ जनाको नाम जिल्लामा सिफारिस गरेको थियो भने जिल्लाले पनि सर्वसम्मत चयन गर्न नसकेपछि सवैको नाम प्रदेश कमिटीमा पठाइएको थियो ।
माओवादी केन्द्रले वागचौर नगरपालिकाबाट सिफारिस गरीएका मेयरका ३ जना उम्मेदवारमा लोकमान बुढाथोकी, ज्ञान बहादुर वली र टिकाराम वली थिए भने उपमेयरको उम्मेदवारको रुपमा, कल्पना घर्ति, सुम्निमा डिसी, कमला वलीलाई सिफारिस गरेको थियो ।












प्रतिक्रिया