८ मंसिर २०८३, मंगलबार

एमालेको स्थायी समिति बस्दै, उम्मेदवार चयन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समितिको बैठक आज पनि बस्दैछ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा महानगरपालिका र नगरपालिकाको प्रमुख तथा उपप्रमुख उम्मेदवारको विषयमा पनि छलफल हुनेछ ।

त्यसैगरी एमालेले आइतबार सार्वजनिक गर्ने भनिएको घोषणापत्रको विषयमा समेत छलफल गर्नेछ ।

संविधान संशोधनको विरोध गर्दै आएको एमालेले सो विषयमा शुक्रबार राति माओवादी केन्द्रका नेताहरूसँग भएको छलफलका विषयमा परामर्श गर्ने बुझिएको छ ।