८ मंसिर २०८३, मंगलबार

एमाले पार्टीगत स्वार्थभन्दा माथि उठ्नु पर्छ : कमल थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । उपप्रधान एवम् स्थानीय विकासमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले एमालेसहितका केही विपक्षी दलहरूका कारण चुनावका लागि केही जटिलता रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष थापाले मधेसी मोर्चाका मागलाई पनि सम्बोधन गर्नुपर्ने र विपक्षी दलहरूलाई पनि सहमतिमा ल्याउने कुराले समस्या उत्पन्न भएको बताए ।

‘मधेसी मोर्चालाई संविधान संशोधन गरेर चुनावमा सहभागी गराउनु छ’, उनले भने, ‘प्रमुख विपक्षी दल एमालेलाई पनि सहमतिमा ल्याएर संशोधन गर्नुपर्ने बाध्यतमा सरकार छ ।’

अध्यक्ष थापाले एमालेलाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई निकास दिने विषयमा सकारात्मक बन्न आगह गरे ।

‘संविधान संशोधन होस् वा संविधानभित्रका अन्तर्वस्तुप्रति हाम्रो पनि असहमति छ’, उनले भने, ‘कतिपय कुरा असहमति हुँदाहुँदै पनि राप्रपा सहमतिका लागि तयार भएको छ ।’

संवैधानिक राजसंस्था, हिन्दूराष्ट्र जस्ता विषय संविधानमा नरहेको बताएका अध्यक्ष थापाले भने, ‘हामीले भनेका कुरा नहुँदा पनि संविधानलाई आलोचनात्मक समर्थन गरेका छौँ । एमालेले पनि यो संस्कारलाई अनुसरण गर्नुपर्छ ।’

एमालेको समर्थनमा सरकारले संविधान संशोधन विधेयकलाई दुईतिहाई पुगाएर पारित गराउने उनले दाबी गरे ।