३ कार्तिक २०८३, मंगलबार

रेकर्ड राख्दै यसरी अगाडि बढ्यो ‘बाहुबली २’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतमा ६ हजार ५ सय स्क्रीन्समा एक साथ रिलीज भएको फिल्म ‘बाहुबली २ द कन्क्लूजन’ले भारतीय फिल्म इतिहाँसको सबैभन्दा ठूलो फिल्म बन्ने तैयारी पूरा गरेको छ ।

फिल्मका अर्थ विज्ञहरूका अनुसार ‘बाहुबली २ द कन्क्लूजन’ले पहिलो दिनको कमाई यस वर्षकै अत्याधिक गरेको छ । कमाइसँगै यो फिल्म सबैभन्दा ठूलो फिल्म बन्न सफल भएको छ ।

धेरै कमाइ गरेको रेकर्ड शाहरुख खानको फिल्म ‘रईस’ले लिएको थियो । ‘रईस’ले पहिलो दिन २० दशमलव ४२ करोड रुपियाँ कमाई गरेको थियो ।

विश्वभरि करीब ९ हजार स्क्रीन्समा रिलीज भएको ‘बाहुबली २’ ले पहिलो दिन नै दुई सय करोड कमाएको दाबी गरिएको छ ।

थुप्रै भाषाहरूमा डबिङ भएको ‘बाहुबली २’ ले दुई सय करोडको क्लबमा सहभागितासहित धेरै रेकर्ड बनाएको जनाइएको छ ।

फिल्म डिस्ट्रीब्यूटर अक्षय राठीले भनेका छन्, ‘फिल्म रिलीज भएको ३ दिनभित्रै २०० करोड क्लबमा ‘बाहुबली २’ सहभागी हुन्छ ।’ उनले फिल्मले पहिलो दिन नै ७० करोड रुपियाँ कलेक्शन गरेको दाबी गरे ।

छत्तीसगढमा नक्सवादीले ‘बाहुबली’लाई धम्काएका थिए । त्यसपछि छत्तीसगढमा फिल्मको शुटिङ भएको थिएन । – एजेन्सी