८ मंसिर २०८३, मंगलबार

एमाले प्रवेश गरेका पूर्व सांसद बम लगायतलाई भव्य स्वागत

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १५ वैशाख । नेकपा एमाले र निर्मल भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकिकरण भएसँगै नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य एवं पूर्व सांसद मोहन बम लगायतको समूहलाई नेकपा एमाले डोटीले भव्य स्वागत गरेको छ ।

शुक्र पार्टी कार्यालय सिलगढीमा औपचारिक रुपमै स्वागत कार्यक्रमको आयोजना गरी भव्यताका साथ फूलमाला र अविरले स्वागत गरिएको हो ।

एमालेमा झण्डै साढे तीन दशक जीवन बिताएका नेता एवं पूर्व सांसद बम केहि वर्ष पहिले तत्कालिन एकिकृत माओवादीमा प्रवेश गरेका थिए । माओवादीमा केन्द्रिय सल्लाहकार तथा राज्य कार्यालय ईन्चार्जको भूमिका समेत सम्हालेका थिए भने माओवादी भित्रको विद्रोहपश्चात डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेका थिए ।

नयाँ शक्तिमा समेत विद्रोह गरी नयाँ शक्ति नेपालमा लागेका बमसँगै डोटीमा रहेको नयाँ शक्ति नेपालको ७३ सदस्यीय जिल्ला कमिटि मध्ये ३ जना बाहेक एमालेमा प्रवेश गराएको नेता बमले जानकारी दिए ।

त्यस्तै नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य चन्द्रदेव ओझा, प्रदेश नं. ७ का प्रदेश कमिटि सदस्य तथा जिल्ला सह–संयोजक विष्णु बोगटी, प्रदेश सदस्य सहदेव खाँती, प्रदेश सदस्य, कानुन विभाग सदस्य एवं डोटी जिल्ला सल्लाहकार समिति संयोजक नवराज भट्ट, पत्रकार सुवास नेपाली लगायतका डेढ दर्जन नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले पार्टी प्रवेश गरेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई फूलमाला अबिरले स्वागत गरेका थिए भने उप–सचिव मञ्जु मलासीले मन्तव्यमार्फत स्वागत गरेका थिए ।

स्वागत कार्यक्रमपछि संक्षिप्त मन्तव्य दिंदै पूर्व सांसद बमले आफु पूरानो घर फर्किन पाएकोमा खुशी व्यक्त गरे ।

आफू विगतमा झण्डै ३५ वर्ष एमालेमा काम गरेको र केहि असन्तुष्टीका बाबजुद एमाले छोडेर माओवादी तथा नयाँ शक्तिमा लागेको भए पनि त्यहाँ समेत आफुले एमालेको नीति, विचार र सिद्धान्त बमोजिम काम गरेकाले कुनै पनि पार्टीमा काम गर्न वातावरण नभएपछि एमालेमा फर्किएको बताए ।

आफुहरु विभिन्न तीन तहको निर्वाचन पूर्व एमालेमा फर्किएकाले एमालेका लागि ठूलो उपलब्धी भएको उनको भनाई थियो ।

कार्यक्रममा नयाँ शक्ति नेपालबाट एमाले प्रवेश गरेका नेता मोहन बमसँगै चन्द्रदेव ओझा, नवराज भट्ट, सहदेव खाँती, विष्णु बोगटीले मन्तव्य राखेका थिए ।

मन्तव्यमा आगामी दिनमा एमालेमा कटिबद्ध भएर लाग्ने उनिहरुले प्रतिवद्धता जनाएका छन् ।

एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरुको आन्तरिक छलफलपश्चात जिम्मेवारी तथा व्यवस्थापन गरिने एमाले अध्यक्ष चक्र मल्लले बताएका छन् ।