
काठमाडौं, १५ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।
स्थानीय तहको निर्वाचन र मत गणना, संविधान संशोधन र बजेटका विषयमा दलहरुबीच छलफल भएको थियो ।
छलफलमा सत्तारुढसहितका दलहरुले संविधान संशोधन गरेर चुनावमा जान सकिने कुरामा सकारात्मक धारणा राखेपनि एमाले भने संविधान संशोधनमा असहमती जनाएको छ । तर, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले छलफल सकारात्क भएको प्रतिक्रिया दिएका छन् ।
नेकपा एमालेको नेता अग्नी खरेलले एमालेले कुनैपनि हालतमा संविधान संशोधनमा सहमती नजनाउने बताए । उनले स्थानीय निर्वाचन बैशाख ३१ गते एकै चरणमा गर्नुपर्ने र बजेट जेठ १५ गतेनै ल्याउनुपर्ने माग गरेका छन् । त्यस्तै, उनले प्रमुख प्रतिपक्षसंग छलफलनै नगरि ल्याइएको संशोधन प्रस्ताव मान्य नहुने बताए ।
त्यस्तै, यस्तै विषयमा पत्रकारको प्रश्नमा गृहमन्त्री निधिले संशोधन प्रस्ताव गर्दा गर्दा र तयार पार्दा एमाले अध्यक्ष ओलीसंग प्रधानमन्त्री पुष्पकमल दाहाले छलफल गरेको बताएका छन् ।
साथै उनले एमालेकै सहमतीमा जसरी पनि संविधान संशोधन हुने दाबी गरेका छन् ।
सहमतीका लागि अझै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, उपाध्यक्ष भीम रावल, माधव नेपाल, माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच छलफल जारी छ ।











प्रतिक्रिया