३ कार्तिक २०८३, मंगलबार

जगदम्बा स्टिल्सद्वारा आयोजित राईनो ५०० डी फलामे छडको टेक्निकल मिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । शंकर ग्रुप अन्तर्गतको भगिनी कम्पनी, जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टिड डक्टिलिटी सहितको एफइ ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डण्डीको उत्पादन थालेको छ । उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले धुम्बाराहि उपभोक्ताहरुका लागि टेक्निकल मिटको आयोजना गरको छ ।

कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत श्री आनन्द नेपालले राइनो ५०० डी नेपालमा भएको फलामे डण्डी भन्दा भिन्न र एकस्तिरीय माथिको गुणस्तरीय गुण भएको फलामे छड पहिलो पल्ट नेपालमा ल्याईएको बारेमा जानकारी दिनु भयो। उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रण लगायत कारणले यो छड बजारमा उपलब्ध भएका अन्य उत्पादन छडहरु भन्दा विशेष र पृथक छ उनले भने ग्रेड एफई ५०० डी मा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्याधिक मजबुत हुनुका साथै बजारमा पाइने डण्डि (एफइ ५०० ग्रेड) हरु भन्दा ३३ प्रतिशत बडि उच्च लचकताको सुनिश्चितता गर्दछ ।

कम्पनीका अनुसार उच्च डक्टिलिटी/लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पिय जोखिम भएको हाम्रो देशका लागि अति उपयुक्त छ । कम्पनीको विशेष खुद्रा विक्रि केन्द्र मार्फत उपभोक्ताले ८ एमएम देखि ४० एमएम सम्मको साइज सहजै राइनो ५००डी फलामे डण्डी खरिद गर्न सक्छन् । निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनिकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध गराइन्छ ।