
मुम्बई । भारतमा बनेको अहिलेसम्मको सबैभन्दा महंगो फिल्म ‘बाहुबली–२’ आजदेखि रिलिज भएको छ ।
एस.एस. राजामौलीले निर्माण गरेको यो फिल्मको केही सिन लिक भएपछि तमिलनाडुमा फिल्मको सुरुवाती शो रद्द गरिएको छ । फिल्मको सिन फिल्म रिजिल हुनुभन्दा अघिनै लिक भएको जनाइएको छ ।
यद्यपी, लिक भएको सिनमा फिल्मको कुनै महत्वपूर्ण कुराहरु देखिएको छैन । यो सिन सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । तेलुगू भाषामा लिक भएको सिन नक्कली जस्तै देखिएको छ ।
यसलाई सम्पादन गरिएको नक्कली क्लिप पनि भनिएको छ ।















प्रतिक्रिया